रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनाव नलड्ने
काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ । ४ मंसिरमा हुने निर्वाचनमा संघीय चुनावमा मात्र भाग लिने अध्यक्ष लामिछानेले बताए ।
भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’
उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया