गठबन्धनको कार्यदलले कार्यविवरण शीर्ष नेतालाई बुझायाे
तालमेलको खाकामा साझा अवधारणा बनाउन पनि कार्यदललाई निर्देशन
फाइल तस्बिर
काठमाडौँ- आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शिर्ष नेताहरूलाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा कार्यदलमा हालसम्म भएका छलफलका प्रगति विवरण शिर्ष नेताहरूलाई बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा कार्यदलले बुझाएको प्रगति विवरणमा छलफल भएको र शिर्ष नेताहरूबाट छिट्टै कार्यसम्पादन गर्न निर्देशन प्राप्त भएको कार्कीले बताए ।
बैठकका शिर्ष नेताहरूले तालमेलको खाकामा साझा अवधारणा बनाउन पनि कार्यदललाई निर्देशन दिएको उनले बताए । कार्कीले कार्यदलले तयार गरेको तालमेलको आधारका सबै विवरणका बारेमा जानकारी गराएको र चाँडै काम सम्पन्न गर्ने जानकारी दिए ।
कार्कीले तालमेललाई निष्कर्षमा पुर्याउने बाटोमा कार्यदल अघि बढेको धारणा राखे । प्रतिनिधि सभा र प्रदेश सभा दुवैको सिट बाँडफाँट एकैपटक हुने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया