राजनीति

प्रदीप गिरिको निधन, भोलि अन्त्येष्टि गरिने

इकागज |
भदौ ४, २०७९ शनिबार २३:८ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उनको आज राति ९ बजेर ३६ मिनेटमा मेडिसिटी अस्पताल निधन भएको कांग्रेस सचेतक मीन विश्वकर्माले शोक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

उनी क्यान्सरको उपचार गराएर दिल्लीबाट फर्किएका थिए ।  क्यान्सरलाई जितेर फर्किएका उनमा निमोनिया देखिएपछि मेडिसीटी अस्पतालमा उपचाररत थिए ।


उनको शवलाई मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने कांग्रेसले जनाएको छ । त्यसपछि ११: ३० देखि  २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा श्रद्धाञ्जलीका लागि उनको शव राखिने छ । भोलि नै उनको अन्त्येष्टि गरिनेछ ।


Author

थप समाचार
x