राजनीति

गण्डकीमा सत्ताको रस्साकस्सी : जनमाेर्चाको निर्णय कुर्दै कांग्रेस

इकागज |
चैत ३०, २०७७ सोमबार १५:३९ बजे

पोखरा  : गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बसेको छ । बैठकमा सत्ता परिवर्तनका लागि छलफल गर्न कांग्रेसले बनाएको वार्ता टोलिका संयोजक कुमार खड्काले अहिलेसम्म राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र माओवादीसँगको वार्ता सकारात्मक भएको बताए । 

राजमो बाहेक ३ दलबीच सहमति भइसके पनि राजमोको अन्तिम निर्णय कुरिरहेको उनले बताए । राजमोले केन्द्रबाट चिठी पाउने बित्तिकै संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी काँंग्रेसको तयारी छ ।  ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ सदस्य छन् ।  कांग्रेसका १५ जना, माओवादीका १२ जना, जनमोर्चाका ३ जना, जसपाका २ र स्वतन्त्र १ जना सांसद छन् ।  



Author

थप समाचार
x