राजनीति

प्रमुख आयुक्त थपलियाले भने : निर्वाचन बिथोल्नेलाई कारबाही हुन नसक्दा मनोबल बढ्याे

इकागज |
भदौ ५, २०७९ आइतबार १५:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्वहरूको मनोबल बढ्दै गएको बताएका छन् ।

आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानुनविपरीत भएको भन्दै त्यस्ता तत्वलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गएको बताएका हुन् । उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भने ग्राह्य नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राखे ।


थपलियाले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरुप मिति तय गरेको जिकिर गरे । एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाइ छ ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएपनि आयोगले तीव्र रूपमा आफ्नो काम अघि बढाएको जिकिर गरे ।


Author

थप समाचार
x