राजनीति

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन देउवा र ओली पुगे पशुपति आर्यघाट

इकागज |
भदौ ५, २०७९ आइतबार १६:५३ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । 

शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ । गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् । 


पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । 

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।


Author

थप समाचार
x