राजनीति

सत्तारुढ गठबन्धनको बैठक : सिट बाँडफाँटको विषय सहमति नजिक पुग्याे

इकागज |
भदौ ६, २०७९ सोमबार १८:३३ बजे

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा सिट बाँडफाँटका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उनको भनाइ छ । कार्कीले मंगलबार दिउँसो तीन बजे पुन बैठक बस्ने र थप छलफल हुने जानकारी दिए ।


मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ तर सिट बाँडफाँटको विषय भने अझै टुङ्गोमा पुग्न सकेको छैन । 


Author

थप समाचार
x