राजनीति

सिट बाँडफाँटकाे बैठकमा बिरामी भन्दै सिटौला बाहिरिएपछि...

इकागज |
भदौ ७, २०७९ मंगलबार १८:४८ बजे

काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो ९ भदौमा हुने भएको छ ।

मंगलबार बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएको भन्दै बाहिरिए पछि ९ भदौमा अन्तिम रुप दिने गरी बैठक बिना निष्कर्ष सकिएको हो ।


२०७४ सालको समानुपातिक मत परिणामलाई केन्द्रमा राखेर सिट बाँडफाँडको अन्तिम गृहकार्य गरिरहेको सत्तारुढ गठबन्धनको कार्यदलले झन्डै तीन साता देखी सहमतिको प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुन: बस्नेगरी टुंगिएको हो ।


Author

थप समाचार
x