राजनीति

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

इकागज |
भदौ ९, २०७९ बिहीबार ७:७ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।


एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । उनले आफूहरूको पार्टी पुनर्गठनपश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए ।


Author

थप समाचार
x