राजनीति

रेशम–पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा, कैलाली १ बाट चुनाव लड्ने

इकागज |
भदौ ९, २०७९ बिहीबार ८:२१ बजे

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।  बुधबार कैलालीमा आयोजित एक कार्यक्रममा उनले कैलालीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । 

क्षेत्र नम्बर १ टीकापुर क्षेत्रमा पर्छ । जहाँ अघिल्लो पटक उनका पति रेशम चौधरी निर्वाचित भएका थिए । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन् ।


कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो पटक रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए । 

नागरिक उन्मुक्ति पार्टी गठन भएको केही महिनामै भएको स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जितेर जिल्लामा पहिलो पार्टी बनेको थियो ।


Author

थप समाचार
x