राजनीति

ओलीले भने- १६ प्रतिशत मत थपिए एमालेकाे बहुमत

इकागज |
भदौ १०, २०७९ शुक्रबार १६:२ बजे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन् । यसका लागि सक्रिय रुपमा एमाले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उनले आग्रह गरे । 


गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मत वृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए । 

स्थानीय तहको नतिजालाई आधारमा मानेर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रणनीति बनाउनुपर्ने बताएका अध्यक्ष ओलीले एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद रहेको बताए । 
 


Author

थप समाचार
x