समानुपातिकतर्फ दल दर्ता सुरू
काठमाडौँ- आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार आज पहिलो दिन प्रतिनिधि सभातर्फ २९, प्रदेश नं. १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् ।
यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया