निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली अध्यावधिक गर्ने
फाइल
काठमाडौँ- निर्वाचन आयोगले भोलिबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि भदौ १२ गते आइतबारबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको हो ।
आयोगले सम्बन्धित वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने भएको छ । नामावलीमा रहेको त्रुटी सच्याउन, नामावलीको विवरणमा विरोध, एक स्थानमा मात्र नाम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवदेन दिन सकिने आयोगले जनाएको छ ।
मृत्यु भएका र नागरिकता त्यागेका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन १३ देखि १६ गतेसम्म निवेदन दिनुपर्ने आयोगका सचिव गोकर्णमणी दुवाडीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया