नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकका विषयमा राष्ट्रिय सभाको बैठकमा जानकारी गराइएको छ ।
आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा जानकारी गराएका हुन्
यसअघि संसदको दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता गरेकी थिइन् । उक्त विधेयक पुन: प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने राष्ट्रियसभाको तयारी छ ।
विधेयक पुनः संघीय संसदबाट पारित भए राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया