राजनीति

नागरिकता विधेयक विधायन समितिमा पठाइयो

इकागज |
भदौ १२, २०७९ आइतबार १४:६ बजे

काठमाडौँ- राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाइएको छ । 

आइतबार बसेको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 


यसअघि आइतबार बसेको पहिलो बैठकमा प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको थियो ।  

उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् । 
राष्ट्रिय सभाको अर्काे बैठक १६ भदौ बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ । 


Author

थप समाचार
x