राप्रपा नेपाललाई तत्काल तीर चिन्ह नदिन सर्वाेच्चको आदेश
काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिन्ह नदिन सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएको छ । सर्वाेच्चले आज (आइतबार) यस्तो आदेश दिएको हो ।
थापाले चुनाव चिन्ह गाई पाउनुपर्ने माग गरेका थिए । उनले गाई चुनाव चिन्ह पाउनुपर्ने भन्दै सर्वाेच्च अदालतमा रिटसमेत दिएका थिए । उनलाई निर्वाचन आयोगले तीर चिन्ह दिन सक्ने भन्दै थापा सर्वाेच्च पुगेका थिए ।
आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि थापा र निर्वाचन आयोगलाई बोलाएको छ । भदौ १४ का लागि दुवै पक्षलाई बोलाइएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया