आगामी निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिबीचः एमाले महासचिव पोखरेल
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् ।
उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको बताए ।
‘यसपटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिको छनौटको रुपमा रहेको छ,’ आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’
आफूहरु एमालेलाई बलियो शक्ति बनाउन जुटेको दाबी उनले गरे । मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरिहार्य हुने उनले बताए ।
‘जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यतिबेला राजनीतिक दलहरुले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामर्थ्य राख्नुपर्छ,’ उनले भने ।
नेपालको पुरानो महत्वपूर्ण राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइ सकेकाे उनले बताए । कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया