समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिए
काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएकाे सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज एक विज्ञप्ती जारी गर्दै जानकारी दिए ।
त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेसमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया