राजनीति

बागमती प्रदेशसभाको बैठक वैशाख २ गते

इकागज |
चैत ३१, २०७७ मंगलबार २०:४१ बजे

मकवानपुर  : बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक पुनः वैशाख २ गते बस्ने प्रदेशसभा सचिवालयले आज जनाएको छ । गत चैत २६ गतेदेखि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा पुनः वैशाख २ गते दिनको १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

प्रदेशसभामा सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष नेपाली कांग्रेस, साझा विवेकशील दल नेपाल मजदूर पार्टी, राप्रपा र एक स्वतन्त्र सांसद गरी ११० प्रदेशसभाका सदस्य छन् । (रासस)
 



Author

थप समाचार
x