राजनीति

घर वा जग्गाधनीको स्वामित्वमा स्वीकृतिविना चुनावी प्रचार-प्रसार गर्न नपाइने

इकागज |
भदौ १४, २०७९ मंगलबार ९:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- राजनीतिक दलले चुनावी प्रचारप्रसार गर्दा  घर वा जग्गाधनीको स्वीकृतिना कसैको स्वामित्वमा बसेर चुनावी गतिविधि गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता जारी गर्दै जग्गाधनीको स्वीकृतिविना स्वामित्वमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने भएको हो ।


ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नपाइने भएको छ ।

बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा सामेल गराउन नपाइने व्यवस्थासमेत आयोगले जारी गरेको संहीतामा उल्लेख छ । निषेध गरिएको समय र स्थानमा कोणसभा, कोणसभा, जुलुस, बैठक तथा प्रचारप्रसार गर्न पाइदैन ।

सार्वजनिक आवागमनमा अवरोध पुग्नेगरी कोणसभा, कोणसभा, जुलुस, बैठक तथा प्रचारप्रसार गर्न नपाइने भएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेशपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने व्यवस्था उल्लेख गरिएको छ ।

 


Author

थप समाचार
x