राजनीति

निर्वाचनमा हेलिकोप्टर प्रयोग गर्न आयोगबाट अनुमति लिनुपर्ने

इकागज |
भदौ १४, २०७९ मंगलबार १२:१० बजे

फाइल तस्बिर

काठमाडौँ- मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि हेलिकोप्टरबाट प्रचारप्रसार गर्न राजनीतिक दलले निर्वाचन आयोगबाट अनुमति लिनुपर्ने भएको छ । प्रचारप्रसारमा सहभागी हुने दलले निर्वाचन आयोगमा अनिवार्य नाम बुझाउनु पर्ने छ ।

आयोगले जारी गरेको राजपत्रमा उल्लेखित आचारसंहितामा आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टरबाट प्रचार गर्न पाउने भएका हुन् । आचार संहितामा लेखिएको छ,' कुनै पनि मन्त्री वा स्थानीय कार्यपालिका पदाधिकारीलाई मुख्य प्रचारकको रुपमा अनुमति दिइने छैन ।'



Author

थप समाचार
x