प्रदेश सभा चुनावमा कास्कीबाट मन्त्रीदेखि प्रदेश सभापतिसम्म आकांक्षी (सूचीसहित)
पोखरा - आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कांग्रेसले आकांक्षीको नाम टिपाउने प्रक्रिया सुरु गरेको छ । यसका लागि कास्कीमा पनि सोमबार प्रदेश सभा निर्वाचनका आकांक्षीको नाम सङ्कलन गरेको छ ।
कास्कीको प्रदेश २ ‘क’ बाहेक पाँच क्षेत्रका आकांक्षीको नाम टुङ्ग्याएको छ । जसमा गण्डकी प्रदेशका बहालवाला मन्त्रीदेखि प्रदेश सभापतिसम्मको नाम आएको छ ।
गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासँगै प्रदेश सभापति शुक्रराज शर्माले प्रदेशको टिकटका लागि नाम टिपाएका हुन् । मन्त्रीद्वयले कास्कीको २ ‘ख’ बाट नाम टिपाएका हुन् ।
उनीहरूमध्ये कसले टिकट पाउँछ भन्नेमा नेता कार्यकर्ताहरूले उत्सुकता व्यक्त गर्न थालिकसकेका छन् भने, प्रदेश सभापति शर्माले ३ ‘ख’ बाट समानुपातिकमा नाम टिपाएका छन् ।
सोमबार नाम संकलन गरी मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिमा पठाउन पार्टी केन्द्रीय समितिले परिपत्र गरिसकेको छ । सोही अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ५ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको कास्कीले त्यो प्रक्रिया सोमबार साँझसम्म पुरा गरेको छ ।
यस्तै २ ‘क’ ले सभापति बिरामी भएको केन्द्रीय प्रतिनिधिहरू पनि जिल्ला बाहिर रहेकाले नाम संकलन बुधबारलाई सरेको छ । जसमा प्रदेशसभातर्फ प्रत्यक्षतर्फका ५ वटा सिटका लागि रहे पनि कांग्रेसबाट क्षेत्रीय समितिहरूले ४४ जनाको नाम सिफारिस भएको छ ।
समानुपातिका लागि ७८ जनाले आंकक्षा देखाएका छन् । प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशका बहालवाला मन्त्रीदेखि प्रदेश सभापतिसम्मले आकांक्षा देखाएका छन् । एउटा क्षेत्रको आंकाक्षीको नाम टुंगो नलागेकाले यो संख्या अझै बढ्ने पक्का छ ।
कास्कीमा गठबन्धन नभएको खण्डमा ६ वटा निर्वाचन क्षेत्रमा ६ जनाले टिकट पाउँछन् तर केन्द्रीय राजनीति अनुसार गठबन्धन भएको खण्डमा कांग्रेसले कुनकुन प्रदेश सभा क्षेत्र पाउँछ भन्ने पत्तो छैन ।
कांग्रेसले परिपत्र गर्दै कांग्रेसको विधानबमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीनजना र समानुपातिकतर्फ बढीमा दुईजनाको नाममा निर्णय गर्न सिफारिस गरेको थियो । तर, आकांक्षीको संख्या थामिनसक्नु रहेको एक नेताले बताए ।
क्षेत्रले यी नामहरू प्रतिनिधि सभा क्षेत्रीय समिति र उक्त समितिले जिल्ला, जिल्लाले प्रदेश हुँदै केन्द्रमा नाम सिफारिस गर्नेछ ।
यी हुन् कास्कीका ६ वटा क्षेत्रबाट आगामी प्रदेशसभा निर्वाचनमा उमेदवारका आकांक्षीहरू :
क्षेत्र नं १ प्रदेश ‘क’
प्रत्यक्ष तर्फः
१ मुरारी कोइराला
२ देवेन्द्र रानाभाट
३ राजेन्द्रमणी लामिछाने
४ पुष्पमणी भण्डारी
५ कल्याणबाबु भण्डारी
६ दुर्गा लामिछाने
७ गिरीराज गौतम
८ बुद्धिमान गुरुङ
समानुपातिक तर्फ
१ शान्तिकुमारी खनाल
२ चन्द्रावती पौडेल
३ नन्दप्रसाद तिवारी
४ तारा अधिकारी
५ मुरारी शर्मा
६ विक्रम गुरुङ
७ खेमबहादुर गुरुङ
८ कुमार सुनार
९ सुरजजंग राणा
१० अप्सरा श्रेष्ठ
११ अजिम बक्स मिया
क्षेत्र नं १ प्रदेश ‘ख’
प्रत्यक्ष तर्फः
१ कृष्णप्रसाद कोइराला,
२ दीपक गुरुङ,
३ विकास लामा गुरुङ
४ भानुभक्त ढकाल
५ नवीन सिग्देल
६ अनिता तिमिल्सिना
७ भोजप्रसाद गुरुङ
समानुपातिक तर्फः
१ संज्ञा पोखरेल
२ बजीरमान श्रेष्ठ
३ माया बराल क्षेत्री
४ पूर्णकला घर्ती
५ आनन्दी राणा
६ निशा मल्ल ठकुरी
७ रेनुका गुरुङ
८ पर्शुराम बि पोखरेल
९ चौबहादुर गुरुङ
१० मीरादेवी आचार्य
११ शिरोमणि बराल
१२ सरिता कार्की
१३ लोककुमारी गुरुङ
१४ ईन्द्रमाया बानियाँ
१५ नारायणप्रसाद बराल
१६ विष्णु कार्की
१७ रामकुमारी पौडेल
१८ लेखबहादुर गुरुङ
१९ अर्जुन गुरुङ
२० यमबहादुर गुरुङ
क्षेत्र नं २ ‘क’ ले भने बुधबार मात्रै आकांक्षी उम्मेदवारीको नाम लिने बताइएको छ ।
बुधबार आकांक्षीको नाम टिप्ने भनिएपनि केहीको नाम प्राप्त भएको २ ‘क’ का सभापति दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार :
प्रत्यक्ष तर्फ :
१ दिनेश आचार्य
२ केशरप्रसाद निर्दोषी
३ शोभाचन्द्र बराल
४ खेमकुमारी बराल
५ रंगिला आचार्य
६ विष्णुप्रसाद पौडेल
समानुपातिक तर्फ
१ श्यामप्रसाद शर्मा
२ कोपिला तिवारी
३ चिनु गुरुङ
क्षेत्र नं २ ‘ख’
प्रत्यक्ष तर्फः
१ कुमार खड्का
२ विन्दुकुमार थापा
३ माधव प्रसाद बास्तोला मधु
४ मदन बस्नेत
५ होम बहादुर बानियाँ
समानुपातिक तर्फः
१ रामराज लामिछाने
२ निलम बाटाजु,
३ मन्जु श्री थापा
४ राजेन्द्र पहारी
५ राधाकृष्ण गुरुङ्ग
६ अब्दुल मजीद मिया
७ अर्पण कोइराला
८ उमाकुमारी ठकुरी
९ पदमसिंह गुरुङ्ग
१० ऋषिराम सापकोटा
११ कल्पना बराल
१२ लक्ष्मी पाण्डे
१३ चोलेन्द्र पौडेल
क्षेत्र नं ३ प्रदेश ‘क’
प्रत्यक्ष तर्फः
१ विरेन्द्र गुरुङ
२ सुरेन्द्रमान विजुक्छे
३ उमेशराज पराजुली
४ शंकर ढुंगाना
५ केशवराज अधिकारी राजु
६ दिपकराज पौडेल
७ विष्णुबहादुर क्षेत्री
८ विष्णुप्रसाद अधिकारी
९ सुर्य खड्का
१० खुशीमान गुरुङ
११ मिनादेवी सुवेदी
समानुपातिक तर्फः
१ अर्जुन पौडेल
२ अमृतकुमार श्रेष्ठ
३ आनन्दराज मुल्मी
४ कृष्णकुमारी गुरुङ
५ कृष्णप्रसाद त्रिपाठी
६ खम्बासिंह गुरुङ
७ गितादेवी पौडेल क्षेत्री
८ गोविन्द नेपाली
९ गंगाबहादुर गुरुङ
१० जीतबहादुर गुरुङ
११ जीवन सुनार
१२ टेकनशोभा गुरुङ
१३ विरेन्द्र केसी
१४ भीमबहादुर गुरुङ
१५ मनबहादुर लामगादे
१६ मिनकुमारी पाण्डे
१७ महावीर थापामगर
१८ रविन्द्र प्रजु
१९ सीता गुरुङ
२० सरिता तिमिल्सिना पंगेनी
क्षेत्र नं ३ ‘ख’
प्रत्यक्ष तर्फः
१ प्रकाश बराल
२ देवेन्द्रकुमार शेरचन
३ पोषनाथ शर्मा
४ देवेन्द्र केसी
५ जीवनप्रसाद बाँस्तोला
६ मनपति भण्डारी
७ दुर्गाप्रसाद तिमिल्सिना
८ गणेशबहादुर भट्टराई
९ मुक्तिराम अधिकारी
१० भानुभक्त पराजुली
११ ई विद्या बराल
१२ राजबहादुर गुरुङ
१३ भेषराज पराजुली
समानुपातिक तर्फः
१ गोविन्दबहादुर अधिकारी
२ गौमति थापामगर
३ भरतबहादुर कुँवर
४ आईबहादुर गुरुङ
५ पार्वती कोइराला
६ शुक्रराज शर्मा
७ तेजप्रसाद अधिकारी
८ पुनम भट्टराई
९ सिता शर्मा
१० विष्णुकुमार श्रेष्ठ
११ देवदत्त कोइराला
१२ विजयलक्ष्मी कोइराला
१३ हिरा भट्टराई
१४ हरिप्रसाद शर्मा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया