राजनीति

चुनावमा उठ्‍नेबारे के भन्‍छन् कुलमान ?

इकागज |
भदौ १५, २०७९ बुधबार १२:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राजीनामा दिएको हल्ला व्यापक भयो । उनी काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार हुने भएकाले राजीनामा दिइएको भन्दै हल्ला चल्यो ।

घिसिङले आफूले यसबारे अहिलेसम्म कुनै निर्णय नगरेको बताए । आफूलाई विभिन्‍न राजनीतिक दलहरुले उनीहरूको दलका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्‍न आग्रह गरेको बताए । ‘मलाई सबै पार्टीले उठ्न भनेको हो,’ घिसिङले बुधबार इकागजसँग भने, ‘तर मैले उठ्ने पनि भनेको छैन, नउठ्ने पनि भनेको छैन ।’ उनले अहिलेसम्म उठ्ने/नउठ्ने केही निर्णयमा नपुगेको पनि बताए ।



Author

थप समाचार
x