राजनीति

यसै वर्ष हुम्लामा सडक बाटो पुग्छ : प्रधानमन्त्री ओली

इकागज |
बैशाख १, २०७८ बुधबार ९:२३ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष कर्णाली प्रदेशको हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने बताएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै वर्ष हुम्लाको सिमीकोटसम्म सडक पुग्ने बताएका हुन् ।

‘सडक सञ्जालमा नजोडिएको हुम्ला सिमीकोटमा यसै वर्ष गाडी पुग्छ’ सम्बोधनका क्रममा उनले भने, ‘यसै वर्ष सिमीकोटमा सडक पुगेपछि देशका सबै जिल्ला सडक सञ्जालसँग जोडिनेछन् । यो सानाे विकास होइन् ।’


प्रधानमन्त्री ओलीले दैनिक साढे पाँच किलोमीटर सडक निर्माण भइरहेको भन्दै विकास निर्माणका काम तीव्र रुपमा भइरहेको दाबी गरे । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको जिल्ला हुम्ला मात्रै हो ।


Author

थप समाचार
x