ममाथिको महाभियोग पूर्वाग्राही ढंगबाट : चोलेन्द्रशमशेर
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाभियोग पूर्वाग्राही ढंगले आएको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा जवराले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको पुष्टि हुने कुनै आधार नै नरहेको भन्दै आफूमाथिको महाभियोग समेत पूर्वाग्राही ढंगले आएको बताएका हुन् ।
पूर्वाग्राही ढंगले आरोप लगाउनु अनुचित भएको उनको भनाई छ । उनले आफूमाथि लगाइएको उक्त आरोपको पुष्टि स्वयं समितिमा रहेका पाँच जना हस्ताक्षरकर्ताले गर्नुपर्ने जिकिर गरे । उनले जसले आरोप लगायो, उही नै समितिमा रहनु उचित नभएको र यो न्यायिक मूल्य मान्यताको बिपरीत भएको जिकिर गरे ।
उनले आफूले पदमा रहदा पदीय आचारणबिपरीत कुनै काम नगरेको दावी गरे । कुनै बस्तुनिष्ट कुरा उल्लेख नगर महाभियोग लगाउनु पूर्णत गलत रहेको जबराले
बताए । उनले महाभियोग लगाउदा पुष्टि हुने कुरा पनि उल्लेख गर्नुपर्ने भएपनि त्यसो नगरेकाले प्रक्रिया नै गलत भएको जिकिर गरे । नेपाल बारले लगाएको २१ बुदेँ प्रस्तावलाई नै महाभियोगको प्रस्तावमा रुपमा ल्याइएको उनको भनाई छ ।
छानविनको प्रक्रियाप्रति जवराले आपत्ति जनाएपछि समिति सदस्य सांसद रेखा शर्माले नियमावली र संविधानको व्यवस्था अनुसार नै आफूहरु समितिमा उपस्थित भएको जानकारी दिइन् । उनले बारको प्रश्न नै महाभियोगको प्रस्तावमा ल्याइएको भन्ने जवराको जवाफले आफूहरु अपमानित महशुस भएको जिकिर गरिन् ।
त्यस्तै समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै आपत्ति जनाइन् । उनले जवराकै कारण चार महिला न्यायालय अवरुद्ध हुनु नै ठूलो प्रमाण भएको जिकिर गरिन् । खड्काले जवरामाथिको आरोप पुष्टि हुने धेरै आधारहरु रहेको तर्क गरिन् ।
त्यस्तै बयानका क्रममा जबराले आफ्नै नेतृत्वमा व्यक्तिका नाममा भएका सरकारी जग्गा सार्वजनिक कायम र करछलीका मुद्दा फैसला भएको बताइन् । जबरामाथिको बयान आइतबार पनि जारी रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया