राजनीति

सरकारले राष्ट्रपतिको अपमान गर्‍याे : विमला राई

इकागज |
भदौ १६, २०७९ बिहीबार १८:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभाकी सांसद डा.विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महसुस भएको बताएकी छन् ।

बिहीबार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयक सम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन् । उनले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको महसुस गरिन् । उनले राष्ट्र अध्यक्षले विधेयकमा ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरु धेरै पक्षमा अध्ययन र पुनःविचार गर्ने  भनेर विधेयक संसदमा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने जिकिर गरिन् ।


सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको उल्लेख गरिन् । उनले यो विषयलाई देशले कसरी हेर्छ मलाई थाहा नभएको भन्दै राष्ट्रपति कुर्सीको अपमान भएको दाबी गरिन् । सांंसद राईले राष्ट्रिय सभामा जस्ताको तस्तै पेस भएको नागरिकता विधेयकमा सत्ता गठबन्धनको अहंकार र घमण्ड नै बोलेको बताइन् । उनले विधेयक जस्ताको त्यस्तै पठाउँछु भन्ने घमण्ड दलका नेताहरुको घमण्डले गर्दा संसदहरु पनि त्यही घमण्डमा फसेको बताइन् ।

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसदमा जस्ताको त्यस्तै पेस गर्ने विषयमा संसद गठबन्धनका नेताहरूको क्लव जस्तो भएको टिप्पणी गरिन् । उनले संसदका सभामुखहरू क्लवका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय गर्‍यो त्यही हुने गरेको बताइन् । 


Author

थप समाचार
x