उपेन्द्र यादव मोरङ निर्वाचन क्षेत्र-५ मा उम्मेदवारीका लागि सिफारिस
फाइल तस्बिर
मोरङ- जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र-५ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।
पार्टीद्वारा आज जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश-१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको जनाइएको छ ।
यस्तै प्रदेश सभातर्फ मोरङ क्षेत्र-५ (क)बाट प्रत्यक्षको उम्मेदवारमा पत्रालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाईंको नाम सिफारिस भएको स्वास्थ्यमन्त्री यादवले बताए ।
यसैगरी क्षेत्र-५(ख)मा स्वास्थ्यमन्त्री यादवलाई प्रदेश सभाको उम्मेदवारमा पनि सिफारिस गरिएको छ । सो क्षेत्रमा अमृत महतो, दिनेश साह, विनिता सिंह र मन्तलाल यादवको नाम पनि पार्टीले सिफारिस गरेको बताइएको छ ।
मोरङ क्षेत्र-४ प्रतिनिधि सभाको प्रत्यक्षतर्फका लागि मृत्युञ्जय झा र समानुपातिकतर्फ रामचन्द्र झाको नाम रहेको छ भने मोरङ निर्वाचन क्षेत्र-४ (ख)मा प्रत्यक्षतर्फ सञ्जय सिंह र समानुपातिकतर्फ रञ्जु बर्मा र गीता यादवको नाम सिफारिस गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया