राजनीति

संघीय निर्वाचन

काठमाडौँ–४ बाट गगन थापा सर्वसम्मत सिफारिस

इकागज |
भदौ १८, २०७९ शनिबार ९:४२ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । क्षेत्रीय समिति बैठकले गगन थापाको नाम प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि एकलरूपमा सर्वसम्मत सिफारिस गरेको हो ।

कास्की क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको छ । यदपि थापाले आफू काठमाडौं ४ बाटै उमेदवार बन्ने स्पष्ट पारेका छन् 


२०७४ सालको निर्वाचनमा थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।


Author

थप समाचार
x