नागरिकता विधेयक हुबहु पारितले राष्ट्रपतीय संस्थाको अवमूल्यन भयाे : कमल थापा
फाइल तस्बिर
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संघीय संसद्बाट हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझावसहित नागरिकता विधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भएको बताएका हुन् ।
उनले गठबन्धन दलले नागरिकता विधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा धकेल्न खोजेको आरोप लगाए । त्यस्तै थापाले आगामी निर्वाचनबाट संसद्मा सम्मानजनक उपस्थिति हासिल गर्न सके हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा देशव्यापी आन्दोलन गर्ने जिकिर गरे । प्रमुख राजनीतिक दलको विकल्पमा फरक विचार बोक्ने आफ्नो मात्रै पार्टी भएको उनको भनाइ छ ।
थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन सहयोग गर्नुपर्ने धारणा पनि राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया