राजनीति

निर्वाचनमा भाग नलिनेहरूको तटस्थ सरकार बनाउन माग

इकागज |
भदौ १९, २०७९ आइतबार १७:१२ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरूको तटस्थ सरकार बनाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरूले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताउए । उनले निर्वाचनमा भाग नलिनेहरूको मात्रै तटस्थ सरकार बनाउनुपर्ने जिकिर गरे ।


सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद् चलाउनु आचारसंहिता विपरीत रहेको भन्दै संसद् बैठक चलाउनु नहुने बताए ।

उनले तटस्थ सरकार बनाउने पहल गर्न अनुरोध समेत गरे ।


Author

थप समाचार
x