राजनीति

नेपाली कांग्रेस मकवानपुरले गर्‍याे २ क्षेत्रमा ४ जनाको नाम सिफारिस

इकागज |
भदौ १९, २०७९ आइतबार २०:३९ बजे

मकवानपुर- आसन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभातर्फका दुई निर्वाचनमा क्षेत्रमा कांग्रेस मकवानपुरले ४ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस मकवानपुरले दुवै निर्वाचन क्षेत्रमा दुई-दुई जनाको नाम सिफारिस गरेको हो । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको बैठकले नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माईकल रामचन्द्र अर्याल र नेता जयराम लामिछानेको नाम सिफारिस गरेको हो ।


प्रतिनिधि सभाको दुवै निर्वाचन क्षेत्रमा यिनै चार जनामध्येबाट दुई जनालाई उम्मेदवार बनाउने गरी जिल्ला समितिले नाम सिफारिस गरेको हो ।

मकवानपुर-१ बाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, पूर्व कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, नेताहरू गोपीलाल विक, नारायण लम्साल, सुवातसिं थिङ, सुदिप बर्तौला, राजकुमार जीएम, राजकुमार वाईबा, नेतृहरू पवित्रा विक, गीता राई र संजिता सिग्देल छन् ।

मकवानपुर-२ बाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ भने कांग्रेसले ५ जनाको नाम सिफारिस गरेको छ । जसमा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा, नेताहरू उदयमोहन श्रेष्ठ, आनन्द कठायत, नेतृहरू उमा दाहाल र गोरीमाया लामा छन् ।

यता प्रदेश सभातर्फको ४ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसले २५ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाको मकवानपुर-१ क बाट प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसले बागमती गाउँपालिकाका पूर्व अध्यक्ष दामोदर खनाल, नेताहरू मिठाराम दाहाल, भूमिनन्द गौतम र शिवप्रसाद खतिवडाको नाम सिफारिस गरेको छ ।

यस्तै, प्रदेश सभातर्फको मकवानपुर-१ (ख) का लागि प्रत्यक्षबाट चुनाव लड्न कांग्रेसले ९ जनाको नाम सिफारिस गरेको छ । जसमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव ईश्वरकुमार पाठक, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका पूर्व सभापति आनन्दराम पराजुली, नेताहरू प्रभातकुमार दाहाल, अशोकराज शाक्य, तारानाथ चौलागाई, होमनाथ गौतम, हेटौंडा-६ का पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई  र नेतृ अञ्जना उपाध्यायको नाम सिफारिस गरेको छ ।

प्रदेश सभातर्फ मकवानपुर-२ क बाट प्रत्यक्षबाट चुनाव लड्न कांग्रेसले ८ जनाको नाम सिफारिस गरेको छ । जसमा नेताहरू भीम लामा, यतिराज सापकोटा, ईश्वरनाथ पौडेल, योगेन्द्रमान श्रेष्ठ, महेन्द्र राउत, ओमबहादुर बस्नेत, रञ्जन कठायत र राज मैनालीको नाम सिफारिस गरेको जिल्ला कमिटीले जनाएको छ ।


Author

थप समाचार
x