एमालेबाट झापा २ मा पूर्वमन्त्री अग्नी खरेलसहित ४ जना सिफारिस
काठमाडौँ- आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा नेकपा एमालले झापा २ बाट प्रतिनिधि सभा सदस्यका लागि अग्नी खरेलसहित चार जनाको नाम सिफारिस गरेको छ ।
सोमबारको क्षेत्रीय बैठकले पूर्वकानुनमन्त्री खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे, वर्तमान सांसद पवित्रा निरौल र पूर्वमेयर ध्रुव सिवाकोटीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार चार जनाको नाम सिफारिस भएपनि अग्नी खरेल पक्का हुन् । ‘औपचारिकता लागि मात्र अरुको नाम समेटिएको हो । खरेलजी पक्का हुन्,’ तीन नेताले इकागजसँग भने ।
राजनीतिमा फर्किने भन्दै खरेलले २०७७ चैतमा महान्याधिवक्ताको पदबाट राजीनामा दिएका थिए । उनी अहिले पार्टीका झापा जिल्ला इन्चार्ज हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया