राजनीति

स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ : मन्त्री बडू

इकागज |
भदौ २०, २०७९ सोमबार १७:५७ बजे

फाइल फोटो

गोदावरी - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताएका छन् । 

नेपाल इँटा उद्योग महासंघको १४औँ वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उनले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताए । 


उनले बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए । 

मन्त्री बडूले इँटा उद्योगी व्यवसायीले देशको विकास र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताए । इँटा उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उनको भनाइ थियो । इँटा उद्योगी व्यवसायीलाई सहुलियत दरमा बैंकिङ कर्जा प्रवाहको व्यवस्था गर्न सरकार लागि परेको उनले बताए । 

सरकारले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई प्राथमिकता दिएको उनको भनाइ थियो । निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उनले उत्पादनशील उद्योग व्यवसायमा जोड दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।


Author

थप समाचार
x