राजनीति

सरकारले कर्मचारीको नियुक्ति, सरुवा, बढुवा गर्न नपाउने

इकागज |
भदौ २०, २०७९ सोमबार १९:२२ बजे

काठमाडौँ- सरकारले कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । 

निर्वाचन आयोगले गएकाे भदाै २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदाे प्रदेश र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न गत भदाै २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 


उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले यसअघि नै चुनाव प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीलाई चुनाव प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लामा कमिटी पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

निर्वाचन आयोगले चुनावकाे मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आउँदाे मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुँदैछ । 


Author

थप समाचार
x