गठबन्धनमा भागबन्डा लगाएपछि मात्रै कांग्रेसले संघ र प्रदेशको उम्मेदवार चयन गर्ने
फाइल तस्बिर
काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगिसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् । उनले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए ।
गृहमन्त्री खाणले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरूका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेका बताए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्ने विश्वास व्यक्त गरे । उनले भागबन्डाको टुंगो लगाउन सोमबारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको बताए ।
उनले हालसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमति जुट्न नसकेको स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया