स्थानीय तह निर्वाचनमा विजयी र पराजित उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न आयोगको निर्देशन
काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचित तथा पराजित उम्मेदवारलाई खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिको उम्मेदवारहरूले आफू उम्मेदवार भएको कार्यालयमा ७ दिन भित्रमा खर्चको विवरण सार्वजनिक गर्न आयोगले आग्रह गरेको छ ।
उम्मेदवारले सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेर प्रदेश, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा बुझाउनुपर्ने छ । आयोगका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनमा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया