राजनीति

राष्ट्रिय सभा : चार विषयगत समितिका सभापतिले लिए शपथ

इकागज |
भदौ २३, २०७९ बिहीबार १५:२१ बजे

काठमाडौँ- राष्ट्रिय सभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई शपथ खुवाएका हुन् । चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो ।


जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती)ले शपथ लिएका हुन् ।


Author

थप समाचार
x