राजनीति

सिट बाँडफाँँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी

इकागज |
भदौ २३, २०७९ बिहीबार १७:६ बजे

फाइल तस्बिर

काठमाडौँ- ​आसन्‍न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ । 

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ । 


देशभर प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक एक निर्वाचन क्षेत्रमा दुई प्रदेश निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्र भागबन्डा गरेर गठबन्धन आवद्ध दलहरू निर्वाचनमा जान लागेका हुन् । तर, सहमति नजुट्दा उम्मेदवारको पनि टुंगो लगाउन दलहरूले सकेका छैनन् । 


Author

थप समाचार
x