राजनीति

दीर्घकालीन  नीति र एजेण्डा स्थापित गर्न गठबन्धन : झाँक्री

इकागज |
भदौ २३, २०७९ बिहीबार १७:३२ बजे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दिर्घकालीन  नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छिन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै झाँक्रीले  देशको विकास समृद्धिका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने समेत बताइन् । उनले एमालेले ल्याएका पानी जहाज, रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउदै देशको विकास,सम्बृद्धिलाई सर्वोपरी ठान्ने नेतालाई जनताले मत दिने जिकिर गरिन् । विकास समृद्धि लागि विश्वको थुप्रै मुलुकहरुले पनि गठबन्धन  प्रकृया अंगालेको भन्दै उनले बताइन् ।


साक्षात्कारमा काँग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाई मतको कदर गर्न नसेकेर कर्तव्यच्यूत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गरे ।


Author

थप समाचार
x