राजनीति

त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

इकागज |
भदौ २६, २०७९ आइतबार ११:१८ बजे

काठमाडौं– राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले विरोध जनाएको छ । विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै आज त्रिचन्द्र कलेजमा नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गरेको थियो ।

पुत्ला दहनमा प्रहरी हस्तक्षेप हुँदा स्थिति ढुंगा हानाहान भएको छ । विद्यार्थीहरुले क्याम्पस प्रांगणबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । विद्यार्थीहरुले प्रहार गरेको ढुंगा टिपेर प्रहरीलेसमेत जवाफ फर्काएका थिए ।


संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पुगेको छ। नागरिकता विधेयक तत्काल प्रमाणीकरण हुनुपर्ने नेविसंघको माग रहेको छ ।
 


Author

थप समाचार
x