दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुग्याे : जबरा
काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुगेको बताएका छन् ।
संसद्को महाभियोग समितिमा आइतबार बयान दिने क्रममा जबराले आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक दलहरूले न्यायपालिकालाई ध्वस्त पार्न खोजिएको आरोप लगाएका हुन् । उनले दलहरूलाई साथमा लिएर प्रधानन्यायाधीश हुने स्वार्थका कारण आफूलाई महाभियोग लगाइएको जिकिर गरे । जबराले बारले आफूलाई हटाउन खोज्दा नसकेपछि दलहरूको साहारा लिएको आरोप पनि लगाए ।
उनले कानुनी शासनलाई उपेक्षा गर्दै गठबन्धनले निर्णय गरेर आफूलाई महाभियोग लगाएको जिकिर गरे । बयानका क्रममा जबराले आफूलाई लगाइएको आरोप पुष्टि हुने कुनै आधार नभएर नै आफू समितिमा फेस गर्न आएको र कुनै हालतमा महाभियोग पारित हुन नसक्ने पनि बताए । त्यस्तै उनले सर्वोच्च अदालतको भवन निर्माणका क्रममा कुनै अनियमितता नभएको र अनियमितता भएको भए अख्तियारले नै टुङ्गो लगाउने उल्लेख गरे ।
समितिले जबरासँग ३५ वटा प्रश्नको जवाफ लिएको छ । सो क्रममा जबरा रक्षात्मक देखिएको र सहकर्मीहरूलाई नै आरोप लगाएको कांग्रेस नेता मीन विश्वकर्माले बताए । जबराको जवाफले नै आरोपहरू पुष्टि हुँदै गएको उनको भनाइ छ । त्यस्तै एमाले नेता कृष्णभक्त पोखरेलले ३५ औं नम्वरको प्रश्नको जवाफ सोमबार सकिएको र अन्य प्रश्नहरू आगामी बैठकमा सकिने जानकारी दिए । उनले समितिमा ढिलो गरि प्रतिवेदन आएकाले बयानको कार्यपनि ढिलाई भएको बताए ।
गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो । समितिको अर्को बैठक मंगलबार बोलाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया