राजनीति

सिट बाँडफाँट नटुंगिदै शीर्ष नेतासामु टिकट माग्नेको भीड

इकागज |
भदौ २९, २०७९ बुधबार १७:१८ बजे

काठमाडौँ– सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको दिन आइपुग्न अझै ६७ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै चुनावका लागि टिकट माग्न नेताहरू शीर्ष नेताका निवास धाउने क्रम सुरु भएको छ ।

केही हप्तायता विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा टिकट माग्नेको नेताहरूको भीड बढेको छ । टिकट माग्नकै लागि  दैनिक ५ सयदेखि ७ सय जनासम्म कार्यकर्ताहरू कार्यालय आउने गरेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । ‘दुई चार दिन अघिदेखि दैनिक यहाँ टिकट माग्न आउने मान्छेको लर्को लागेको छ,’ उनले भने, ‘जिल्लादेखि केन्द्रसम्मका नेता आउनु भएको छ । सबैको आपूmले टिकट पाउनुपर्ने माग छ ।’ 


निर्वाचनमा टिकट माग्न आउने नेताहरू केन्द्रदेखि जिल्लासम्मकै छन् । आगामी निर्वाचनका लागि कांग्रेसले पाँच दलीय गठबन्धन गरेर जाने निर्णय गरेको छ । तर, सिट बाँडफाँट भने टुंग्याउन नेताहरूले सकेका छैनन् । सिट बाँडफाँटका लागि नेता कृष्ण सिटौलाको संयोजकत्वमा समिति बनाएको थियो ।

 उक्त समितिले भागबन्डामा सहमति बनाउन नसकेपछि शीर्ष नेताको लगातारको बैठक चलिरहेकै छ । तर, शीर्ष नेताले पनि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । गठबन्धनमा सहमति नजुट्दै नेताहरू भने आफ्नो सिट सुरक्षित गर्न नेताहरूको घरदैलो धाउन थालेका हुन् ।



Author

थप समाचार
x