राजनीति

चोलेन्द्रले ‘पोलेका’ वकिलहरु काे-काे आए बयान दिन ?

इकागज |
भदौ ३०, २०७९ बिहीबार १५:३७ बजे

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘पोलेका’ वकिलहरु बयान दिन आइपुगेका छन् । राणाले विभिन्न आरोप लगाएका वकिलहरु महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका हुन् ।

सिंहदरबारमा भर्खरै सुरू बैठकमा उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन उपस्थित भएका हुन् । समितिमा बयानका क्रममा राणाले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बारका नेतालाई विभिन्न आरोप लगाएका थिए ।


सिफारिस समितिले बयानका लागि बोलाएका नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा आइपुगेका छन् । त्यस्तै वरिष्ठ अधिवक्ताहरू अञ्जिता खनाल, ओमप्रकाश अर्याल, हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे  वयानका लागि उपस्थित भएका हुन् । 
 


Author

थप समाचार
x