महाभियोग सिफारिस समिति बैठक जारी
फाइल तस्बिर
काठमाडौँ- महाभियोग सिफारिस समितिको बैठक जारी छ ।
बिहीबार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरूलाई समितिले बोलाएको हो ।
समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायत छन् ।
महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरू तथा न्यायाधीशहरूलाई समेत समितिमा बोलाउने सोच गरेको थियो । पछि राजनीतिक दलका नेताहरूलाई नबोलाउने तर न्यायाधीशहरूलाई बोलाउने भनिएपनि न्यायाधीशहरूले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरू भने समितिमा गएनन् ।
समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरूलाई आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया