करको दायरा बढाउनका लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न महानगर तयार
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनका लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न तयार रहेको बताएकी छिन् ।
बिहीबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले वागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरूलाई व्यवसायी दर्तामा समेत सहजीकरण गर्ने र करको दायरा बढाउने काममा सहजीकरण गर्ने बताएका हुन् । उनले अहिले काठमाडौँ महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।
उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन् ।
उपप्रमुख डंगोलले व्यवसाय दर्ता गर्दा व्यवसायीहरूलाई असहज नहुने र महानगरमा पनि रेकर्ड रहने तथा करको दायरा बढाउने गरी काम गर्न प्रतिबद्ध रहेको बताइन् । संघले समितिलाई बिरुवाको सुरक्षाका लागि आवश्यक पर्ने तारजाली करिब ७ लाख ४४ हजार ५ सय बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया