काठमाडौँ महानगरद्वारा डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु
काठमाडौंँ- काठमाडौँ महानगरपालिकाले डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ । महानगरपालिकाले बिहीबारदेखि हटलाइन सेवा सुरु गरेको हाे ।
महानगरका अनुसार संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्नेछन् ।
डेंगु संक्रमण नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको र यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको प्रमुख बालेन्द्र शाहले फेसबुक मार्फत जानकारी गराए । उनले भइरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेकाे बताए ।
त्यस्तै उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने बताएका छन्।
मेयर बालेनकाे फेसबुक वालबाट
डेङ्गु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो । यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ । भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ ।
डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौँ । संक्रमित भए वा भएको शंका लागेमा तपाईले 1180 मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ । त्यस्तै आवश्यक भएमा 102 मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ ।
यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीक रूपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया