राजनीति

सिट बाँडफाँटको विषयमा दलहरूबीच ८० प्रतिशत सहमति भइसक्याे : कार्की

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १७:४७ बजे

काठमाडौँ- सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सिट बाँडफाँटको विषयमा दलहरूबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति भइ निर्वाचनमा जाने दाबी गरे राजनीतिक स्थिरता नदिइ, देशको विकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए ।


सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वभाविक भएको उनको भनाइ छ ।

त्यस्तै कार्कीले मुलुकको समृद्धिका लागि सबै गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताए ।


Author

थप समाचार
x