राजनीति

संसद्‍मा ओलीले भने : निर्वाचन आयोग सत्तापक्षबाट नलतारियोस्, निष्पक्ष बनोस्

इकागज |
असोज १, २०७९ शनिबार १४:३० बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय निर्वाचन आयोग सत्तापक्षबाट लतारिन नहुने बताएका छन् । शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले निर्वाचन आयोगले कसैको प्रभावमा परेर काम गर्न नहुने बताएका हुन् ।

उनले आसन्न मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्नु आयोगको कर्तव्य भएको जिकिर गरे । ‘निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न हुनुपर्छ । यो आयोगको कर्तव्य हो,’ उनले भने ।


आयोगले आफ्नो स्वतन्त्र हैसियत र भूमिकालाई प्रभावकारी बनाउन ओलीले आग्रह गरे । उनले भने, ‘म निर्वाचन आयोगलाई आग्रह गर्न चाहन्छु । आयोग सत्तापक्षबाट लतारिएर नचलोस् । आफ्नो स्वतन्त्र हैसियत र भूमिकालाई प्रभावकारी बनाओस् ।’

त्यसैगरी, निर्वाचन आयाेग र सरकारले आ-आफ्नाे कर्तव्य निष्पक्षताका साथ पूरा गर्नुपर्ने ओलीकाे भनाइ छ ।


Author

थप समाचार
x