राजनीति

सरकार बल भएपछि जे गरे पनि हुन्छ भन्ने अलोकतान्त्रिक मूल्यमान्यतामा चलिरहेको छ : ओली

इकागज |
असोज १, २०७९ शनिबार १४:४५ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारी दमन चर्को रूपमा बढिरहेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले सरकार बल भएपछि जे गरे पनि हुन्छ भन्ने अलोकतान्त्रिक मूल्यमान्यतामा चलिरहेको बताएका हुन् । 


सरकारले बिनाकारण बल प्रयोग गर्न नहुने बताउँदै भने, ‘अहिले देशमा चर्को रूपमा सरकारी दमन भइरहेको छ । सरकार बल भएपछि जे गरे पनि हुन्छ भन्ने अलोकतान्त्रिक मूल्यमान्यतामा चलिरहेको छ । म सरकारलाई यस्तो नगर्न सजग गराउँछु ।’

उनले अन्त्यमा सबै सांसदलाई दसैँ, तिहार, छठलगायत चाडपर्वका शुभकामना दिए । सबैको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरे ।


Author

थप समाचार
x