चोलेन्द्र शमशेरविरुद्धको महाभियोग विषयमा सिफारिस समितिमा छलफल सुरु
काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ । जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो ।
बैठकले जबरामाथि महाभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । अबको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल शनिबार राति १२ बजेपछि सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया